मातृभाषा प्रतिको श्रद्धा र समर्पण

मन्तव्य

धोबीघाट, चक्रपथ, ललितपुर
वि.सं. २०७७ असोज १२ गते

 

सर्वप्रथम म गणेश भाइलाई ‘धन्यवाद’ दिन चाहन्छु । किनभने- उसले आफ्नो काम आफैं गर्ने जमर्को गरेको छ । दुई खुट्टेका रूपमा यो धर्तीमा आएपछि सबभन्दा पहिले अनि सबभन्दा राम्री सिकेको, जानेको भाषा नै आफ्नो मातृभाषा (पहिलो भाषा) हो । आफूले राम्ररी जानेको, बुझेको, प्रेम गरेको भाषामा आफ्नो दक्षता र क्षमताअनुसारको काम गर्नु नै आनन्ददायक र सुखानुभूति हुने कुरो हो ।

आफ्नो लगन, जाँगर र सीपले भिजेको काम नै दिगो र सर्वप्रिय हुन्छ । यसर्थ गणेश भाइद्वारा सम्पादित यो ‘आधारभुत पुमा शब्दकोश’ पुमा मातृभाषीका निम्ति उपयोगी हुनेछ भन्‍ने मलाई लागेको छ ।

शब्दकोश विज्ञानको अध्ययन नभए पनि आफ्नो मातृभाषा प्रतिको श्रद्धा र समर्पणले यो पुनीत कार्य सम्पादन गर्न समर्थ हुनुभएकोमा सम्पादकलाई पुन: बधाई भन्‍न चाहन्छु ।

 

प्रा.डा. नोबल किशोर राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *