न्ह म्ह ʔ

पअङ् संयो. – र/अनि – and (बेत्दुङ् पअङ् ङिउङ् छे । – ल्याएँ अनि पकाए पनि ।)

पअङ् ना संयो. – त्यसपछि त – and (तोन् पअङ् ना ङा पपुङ्‌नङ् इ । – त्यसपछि त म गइन नि ।)

पक्‍का ना. – दाजु – elder brother (पक्‍का ओङ् खिप्‌सि पुक्सोङ्। – दाजुसँग पढ्न गएँ ।)

पक्‍का ओङ् ना. – दाजुसँग – with elder brother (आसे पक्‍का ओङ् वारि बिसि पुक्‍साचिका । – हिजो दाजुसँग दुवाली फर्काउन गयौ ।)

पक्मा स.क्रि. – कुटपिट गर्नु – bitting (बड्‍ढे पक्मा खोङ्‌इन् । – धेरै कुटपिट गर्नु नराम्रो देखिन्छ ।)

पकेप्दोङ् क्रि. – चिल्यो – squeaks (मक्‌सिप्‌दिमाआ पकेप्दोङ् । – बारुलाले चिल्यो ।)

पत्मा स.क्रि. – खुइल्याउनु – peel off (थेत्‍तोङ् पत्मा दोत् । – घोत्‌लि खुइल्याउनु पर्छ ।)

पन्मा स.क्रि. – खुइल्याउनु – pluck (तुतुमा सेत्मा किना कलोङ् पन्मा दोत् । – कुखुरा काटेर खुट्टा खुइल्याउनु पर्छ ।)

पचाआ क्रि. – खाए – ate (वासाचिआ खोङ्सङ् पचाआ । – चराहरूले भटमास खाए ।)

पतङ्‌ क्रि. – खेद्छन् – chased (साचिआ ङेप्पा पतङ् ? – ककसले बाँदर खेद्छन् ।)

पतङ् क्रि. – उन्छन् – pierce (साखान् दोरोदो पतङ् ? – मासु केमा उन्छन् ?)

पप्मा/फप्मा स.क्रि. – चुस्नु – suck (कहेले छाआ कछाचारो पम्मा लेस्साङि ङे पेए ? – नाबालकले दूध चुस्न जान्दैछ नि होइन ?)

परङ् ना.यो. – चाँहि – (compare) (कनङ्‌वा परङ् बेत्‌दि । – नयाँ चाँहि ल्याउ ।)

पाक्दाङि क्रि. – फल्दैछ – growing up (मासित् पाक्दाङि । – मास फल्दैछ ।)

पाक्दाङि ना. – लगाउँदै – giving (चाहुक्वा वा पाक्दाङि पाआ लेक्सा धाआ । – धानमा पानी लगाउदै गर्दा चिप्लेर लड्यो ।)

पाक्दाङि पाआ क्रि. – फल्दै गरेको बेला – time growing up (आम्बा पाक्दाङि पाआ तारा । – आँप फल्दै गरेको बेला ढल्यो।)

पाक्मा स.क्रि. – राख्‍नु – put/keep (ठाक्पाया रुम् पाक्मा दोत् । – ढुङ्ग्रोमा नुन राख्‍नुपर्छ ।)

पाक्मा स.क्रि. – फल्नु – grow up/bear (बोङ्‌कोलोङ् पाक्मा      मुआङि । – आरु फल्न लाग्यो ।)

पाक्मा स.क्रि. – छर्नु – sow (मासित् पाक्मा दोत् । – मास छर्नुपर्छ।)

पाक्मा क्रि. – लगाउनु – put (कहिखादो कछाप्खाफेङ् कखिप्खाफेङ्‌चि पाक्माचि मदोत् । – उसको झोलामा कापी किताबहरू लगाइदिनु पर्छ ।)

पाङ्‌का क्रि.वि. – ख्‍यालख्‍याल/सामान्य – very simple (पाङ्‌का तेत्‌दि दिसिकु ओन्दे फुत्दा धाआ इ । – ख्‍यालख्‍यालमा राखिछोडेको होला झरिगयो नि ।)

पाङ्‌टिकिरिक् ना. – किरकिरे किरा – an insect (पाङ्‌टिकिरिक् पाता। – किरकिरे किरा करायो ।)

पाङ्टोक् ना. – भ्यागुता – frog (पाङ्टोक् वादो बान् । – भ्यागुता पानीमा डुल्छ ।)

पाङ् मुमा स.क्रि. – भारी लगाउनु – load (योक् पाङ् मुमा       दोत् । – पिडालु भारी लगाउनुपर्छ ।)

पाङ्‌खुन् ना. – अभिभारा/कर्तव्य – duty/responsibility (एन् ला पिमा, छाप्मा लेन्मा के झाराबो एन् पाङ्‌खुन् हि तल्ल । – हाम्रो भाषा बोल्न, लेख्‍न जान्‍नु हामी सबैको कर्तव्य हो नि त ।)

पाङ्‌मा अ.क्रि. – ढिलो हुनु – late (चा चामागरि पाङ्‌मा मुयाङ् । – खाना खान ढिलो हुन लाग्यो ।)

पात्मा स.क्रि. – बगाउनु – flow away  (उन्कु वाहुत्‌आ छे पात्मा खालाम्‌याङ् । – सानो खोलाले पनि बगाउन खोज्दैछ ।)

पात्मा/पेमा क्रि. – कराउनु/चिच्याउनु – cry (अखट्‌टे लिस्‌सि नालो पात्मा दोत् । – अप्ठ्‌यारोमा परियो भने कराउनु पर्छ ।)

पाता क्रि. – करायो – cried (खुलाया खान्वा पाता। – जङ्‌गलमा मृग करायो ।)

पान् क्रि. – उड्छ – flies (लाभामा पान् । – चमेरो उड्छ ।)

पान्याङ् ना. – उडिरहेको – flying (निनाम्मादि साङ्‌रोवा पान्याङ्। – आकाशमा चील उडिरहेको छ ।)

पापा/पा ना. – बुवा – father (पापा काचि कोप्‌सि पुक्सा । – बुवा काम गर्न जानु भयो ।)

पाप्पाप्मा ना. – चिप्लेकिरा – like a snail (पाप्पाप्मा चुङामा लिखदोकु वाचक्दो युङ् । – चिप्लेकिरा जाँडो हुने ठाउँको पानी छेउमा बस्छ । )

पाम्पोयोक् ना. – अमला – gooseberry (पाम्पोयोक् चेए किना वा दुङ्‌ङि नालो वा लेम् । – अमला खाएर पानी पिइयो भने पानी गुलियो हुन्छ ।)

पाम्मा स.क्रि. – चिथोर्नु – scratch (मुनिमा चुत्मा पलिनिन् पाम्मा खापुन्।- बिरालोलाई जिस्क्याउनु हुँदैन चिथोर्न थाल्छ ।)

पारा क्रि. – उड्यो – flied (उन्कु वाछेलेत् छे पारा । – सानो चल्लो पनि उड्‌यो ।)

पारुले ना. – बिहीबार – Thursday (पारुले वा चाक्‌सि      पुङ्‌चिने । – बिहीबार पौडी खेल्न जाऔं ।)

पिउमा ना. – प्राचीन किराती मानिसको नाम – Piuma (ancient Kirati name (पिउमा खन्‍ना नम्मा तचियाङ् ? – पिउमा तिमी के गर्दैछौ ?)

पिचि क्रि. – बोल्छौं – talk (केचि पिचि । – हामी बोल्छौं।)

पित्मा स.क्रि. – निचोरी दिनु – squeeze (कानिछाबो कहोप्छामोङ् पित्मा दोत् । – तिम्रो भाइ/बहिनीको पिलो निचोरी दिनुपर्छ ।)

पिदुरि ना. – घोडा – horse (एत्‍तोङ् पिदुरि इछित् निपकेन्‌निन् । – अचेल खासै घोडा पाल्दैनन् ।)

पिमा स.क्रि. – बोल्नु – talk (चानिलो पिमा दोत् । – मिठो बोल्नु पर्छ।)

पिमा स.क्रि. – चलाउनु – touch (तक्‍कु पिमा पेए कानेइ । – त्यो छुनु होइन है ।)

पिमा सिवा ना. – शब्द – word (खोङ्‌निकु खोङ्‌निकु पिमा सिवा छाप्‌दि। – राम्रो राम्रो शब्द लेख ।)

पुक्दुम्ने क्रि. – लैजाऔं – take (उन्दा उन्दाकु सङ्‌प्वा परङ् खुर्‌रुम् पुक्दुम् ने । – सानो सानो रुखको बोट चाँहि बोकेर लैजाऔं ।)

पुक्मा स.क्रि. – लानु – take (दोरो दोरो पुक्मा निकु ? – के के लानु रे?)

पुक्सा क्रि. – गयो – went (खक्‍कु चाहुक्वादो वा पाक्‌सि     पुक्सा । – ऊ धानमा पानी लगाउन गयो ।)

पुक्सोङ् क्रि. – गएँ – went (ङा वा लक्‌सि पुक्सोङ् । – म नुहाउन गएँ ।)

पुङ् क्रि. – जान्छ – goes (खक्‍कु खात्‌नि पुङ् ? – ऊ कता जान्छ?)

पुङ् ङ्सङ् चि वि. – गए जस्तो गर्छ – pretend to going (खक्‍कु पुङ् ङसङ् चि । – ऊ गए जस्तो गर्छ ।)

पुङ्‌मा क्रि. – जानु – go (सेत्लाम् दोकङ् तोङ्‌याखिम् पुङ्‌मा ने । – भोलिदेखि विद्यालय जानु होला ।)

पुङ्‌याङ् ना. – जादैछ – going (उङ् योङ्‌नि ना आत्‌दि दोकङ् ङे पुङ्‌याङ् । – मेरो साथी त अस्तिदेखि नै जादैछ ।)

पुङ्‌ले ना. – शनिबार – saturday (पुङ्ले तोङ्‌याखिम् पुङ्‌मा पदोत्‌निन्। – शनिबार विद्यालय जानु पर्दैन ।)

पुछाप् ना. – सर्प – snake (पुछाप् चुत्मा पलिनिन् । – सर्पलाई जिस्क्याउनु हुन्‍न ।)

पुनुपा ना. – पाडा – young male buffallow (पुनुपा देम्कु लिसा? – पाडो कत्रो भयो ?)

पुनुमा ना. – पाडी – young female buffallow (पुनुमा छिइ । – पाडी बाँध ।)

पुन्खा ना. – सुरु गर्ने ठाउँ – starting place (तिवा पुन्खादो     बेना । – मेलो सुरु गर्ने ठाउँमा आउ ।)

पुन्मा स.क्रि. – सुरु गर्नु – start (कोइमाआ मेन्चायुक्‌दि पाआ ङे चा लाम्मा पुन्मा दोत् । – मुसाले खान थाल्नु अगाडि नै कोदो टिप्नु थाल्नुपर्छ ।)

पुमा ना. – पुमा (जाति) – Puma (Kirat caste) (पुमा ला चानिकु मुयाङ् । – पुमा भाषा मिठो छ ।)

पुमा स.क्रि. – उम्लिनु – boil (चावा पुमा मुआङि । – भातको पानी उम्लिन लाग्यो ।)

पुरुप् ना. – काक्रा – cucumber (मेन् तुम्पुङ् युक्‍कु पुरुप्      चानि । – नपाकी सकेको काक्रा मिठो हुन्छ ।)

पुरुप्ला ना. – काक्राघारी – field of cucumber (पुरुप्लाया पवाङ्‌ङमिन्। – काक्राघारीमा पस्नु हुन्‍न ।)

पेक्मा/पेङ्‌मा स.क्रि. – चोइट्‍याउनु/फक्लेटा निकालनु – peel out (उन्‌नि सङ् पेङ्‌मा दोत् । – अलिकति दाउरा चोइट्‌याउनु पर्छ।)

पेत्मा स.क्रि. – फाट्नु – torn (ङ् ताखि पेत्मा मुयाङ् । – मेरो टोपी फाट्न लाग्यो ।)

पेन्मा स.क्रि. – लाइन लगाउनु – arrange in line (कछाप्खाफेङ्‌चि पेन्मा पुस्‌सिचि । – उसको कापीहरू लाइन लगाउन थाल्यो।)

पेप्पङ् ना. – बाबरी/तुलसी – basil (पेप्पङ् बुङ् न्हाम् नि । – बाबरी फूल सुगन्धित हुन्छ ।)

पेप्मा स.क्रि. – खुम्चिनु/निहुरिनु – get down (काटोङ् धुङ्, पेप्मा चेन्मा दोत् । – टाउको ठोकिन्छ, निहुरिनु पर्छ ।)

पेम् ना. – खाप – arranged line (अक् पेम् ङाक्‌सि चाचिने । – एक खाप केरा खाउँ ।)

पेम्मा स.क्रि. – चेप्ट्‌याउनु – crush down (पेम्पाक् पेम्मा दोत् । – रोटी चेप्ट्‌याउनु पर्छ ।)

पेम्मा स.क्रि. – ओकल्नु – belch out (तक्‍कु छाआ चामायु पेम्मा लाम्माङि । – त्यो बच्चाले खानेकुरा ओकल्न खोज्दैछ ।)

पेम्पाक् ना. – किच्याएको रोटी – bread (चाखङ् पेम्पाक्       चानि । – कोदोको रोटी मिठो हुन्छ ।)

पेलेले क्रि.वि. – लहरै – inline (मन्‍नाचि पेलेलेवा मपुङ्‌याङ् । – मान्‍छेहरू लहरै जादैछन् ।)

पोक्पा ना. – गोरू – ox (पोओङ् सा ए लोन्दा पोक्पा सा ए लोन्दा चाआ पुक्दानिन् एइ नि साम्खा मुए पाआ याहात्मा दोत्। – साम्खा गर्दा गाईको मासु पो निस्क्यो गोरूको मासु पो निस्क्यो खाई जाउ है भनी फलाक्नु पर्छ ।)

पोक्मा स.क्रि. – भिजाउनु – wet (खाचा पोक्मा दोत् । – फाक्चा भिजाउनु पर्छ ।)

पोक्वारि ना. – जवान – young (केन्‌चि छा छे हेन् ना पोक्वारि लिसा। – तिमीहरूको छोरो पनि अब त तन्‍नेरी भयो ।)

पोत् ना. – घाटी – neck (टाङ्‌कोङ्‌ अल्हेङ् गोङ्‌कु पाक्‌कि नालो एन् पोत् तुक् । – सिरानी अग्लो लगाइयो भने घाटी दुख्‍छ।)

पोत्मा स.क्रि. – काढ्नु – take out (आइ सुन्वा पोत्मा दोत् । – आज मौरी काढ्नु पर्छ ।)

पोन्ङाङा ना. – बढ्दैछु – growing (ङा पोन्‍ङाङा । – म बढ्दैछु।)

पोन्मा स.क्रि. – बढ्नु – grow (खक्‍कुबो कपोन्मा गरि लिसा । – उसको बढ्ने बेला भयो ।)

पोन्मा स.क्रि. – छुनु – touch (मि पोन्मा पलिनिन् । – आगो छुनु हुँदैन।)

पोन्मा स.क्रि. – बाड्नु – share (छादिन्‌आ कफेक्वा पोन्मा पलिनिन् । – केटाकेटीले पैसा बाड्नु हुँदैन ।)

पोप्‌धि क्रि. – बिगार्‍यो – spoiled (काचि कोप्मा पलेसिन् किना पोप्‌धिकेसि । – काम सम्हाल्न नजानेर बिगार्‍यो ।)

पोप्मा स.क्रि. – फोहर गर्नु – make dirty (बुङ्‌खादो पोप्मा पलिनिन् । – बाहिर फेर फोहर गर्नु हुँदैन ।)

पोम् ना. – ह्याकुलो – chest (मेसिबो कपोम् कसेत्‌चिआ पपुक् । – भैंसिको ह्याकुलो काट्नेहरूले लान्छन् ।)

पोम्पा बाक्मा अ.क्रि. – बामे सर्नु – crawl (छाचि पोम्पा बाक्मा मलेन् । – बच्चाहरू बामे सर्न जान्दछन् ।)

पोम्मा अ.क्रि. – निहुरिनु – stoop (आदिक्‌खि धुक्‌सि नालो पोम्मा चेन्मा किना लाम् तिमा दोत् । – माथि ठोक्‍कियो भने निहुरिएर हिँड्नुपर्छ ।)

पोया ना. – लाइन/लहरा – line/wave (खोङ्‌निकु पोया पाक्मा दोत् । – राम्रो लहरा बनाउनुपर्छ ।)

पोसा ना. – उल्टी गर्‍यो – vomit (वासुप् सेत्मे पोसा । – रक्सेहा उल्टी गर्‍यो ।)

प्वा ना. – बोट – tree (कफेक्वाबो कप्वा पयुङ्‌निन् । – पैसाको बोट हुँदैन ।)