| अ | आ | इ | उ | ए | ओ | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ट | ठ | ड | ढ |
| त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | स | ह | न्ह | म्ह | ʔ |
व
वक्/ओक् ना. – बारी – farm (वक धोक्सि बित्ता। – बारी खन्न हिँड ।)
वा ना. – पानी – water (वा दुङ्मा दोत् । – पानी पिउनुपर्छ ।)
वाʔवा (वाʔवा) क्रि.वि. – चुपचाप – silent (वाʔवा युङा । – चुपचाप बस ।)
वाइत्मा/वामित्मा ना. – तिर्खा – thirsty (वाइत्मा लियाङ् । – तिर्खा लागिरहेको छ ।)
वाइदा वि. – बिनासित्ति – nothing for good (वाइदादो पुक्सोङ् कु । – म बिनासित्ति गएछु ।)
वाकुसा/वारिसा ना. – जलचरको मासु – fishes meat (वारिसा/ वाकुसा चानि । – जलचरको मासु मिठो हुन्छ ।)
वाकोलोन् ना. – छौवा – a kind of herb (वाकोलोन् पाक्दि । – छौवा फल्यो ।)
वाखाम् ना. – कुवा/पधेरो – water point/well/tap (आबो आवाखाम् माङ्खा मुयाङ् । – हाम्रो पधेरो टाढा छ ।)
वाखि ना. – कुखुराको सुली – chicken drops (वाखि न्हामा । – सुली गन्हायो ।)
वाङ्ङि क्रि. – पस्छौं – get in (के वाङ्ङि। – हामी पस्छौं ।)
वाङ्मा क्रि. – पस्नु – get in (झारा खिम्कोङ्या वाङ्मा दोत् । – सबैजना घरभित्र पस्नुपर्छ।)
वाङ्मा क्रि. – चढ्नु – climb (कोङमिनचोङ सङ्प्वादो वाङ्मा चिन्नेन्चेन्याङ् । – कोङमिनचोङ रुखमा चढ्न सिकिरहेको छ ।)
वाङ्मा अ.क्रि. – खेद्नु (सम्भोग गर्नु) – fertilize (युरुपाआ युरुमा वाङ्दि। – गोरुबाट गाई खेदियो ।)
वाचाक्मा अ.क्रि. – पौडनु – swim (झारा वाचाक्मा लेन्मा दोत्। – सबैजना पौडनु जान्नुपर्छ ।)
वाछेलेत् ना. – चल्ला – chicken (वाछेलेत् पाता । – चल्ला करायो ।)
वाछोन् ना. – जाँड – home made beer (वाछोन् अन्ढा दुङ्मा पलिनिन् । – जाँड धेरै पिउनु हुँदैन ।)
वातुप् ना. – दोभान – meeting place of rivers (वातुप् इत्नि पुक्सोङ् दाओङ् कु । – दोभान तिर पुगेर आएको हुँ ।)
वात्मा स.क्रि. – पहिरनु – put on (खन्ना छकरम्मा वात्मा तसाप्। – तिमीलाई औंठीले सुहाउँछ ।)
वात्मा स.क्रि. – छर्नु – sow seeds (साप्पाचा वात्मा दोत् । – कोदो छर्नुपर्छ ।)
वात्वात्/वाʔवा क्रि.वि. – चुपचाप – silently (खन्ना वाʔवा युङा। – तिमी चुपचाप बस ।)
वादिन् ना. – अण्डा – egg (वादिन् चासो मुमा दोत् । – अण्डा खाने गर्नुपर्छ ।)
वादुप्मा ना. – भल/बाढी – flood (वादुप्माआ साप्पाचा नक्ढि। – भलले कोदो पुरियो ।)
वान्सो/वान्याङ्सो क्रि. – हान्दै – hitting (लुङ्वा वान्सो/ वान्याङ्सो पुक्सा । – ढुङ्गा हान्दै गयो ।)
वान्मा स.क्रि. – हान्नु – hit (लुङ्वा वान्मा पलिनिन् । – ढुङ्गा हान्नु हुँदैन ।)
वान्मा स.क्रि. – चल्नु – move (गावा सिआ नि तना वान्मा ए लामा तल्ल । – गङ्गटा मर्यो भनेको त चल्न पो खोज्यो त ।)
वापा ना. – भाले – cock (वापा ओका । – भाले बास्यो ।)
वाप्मा स.क्रि. – उघाउनु – take out (ङ्छिआ ङे वाप्मा दोत्याङ्। – हातैले उघाउनु पर्यो ।)
वाबुङ् ना. – कमलको फूल – lotus (वाबुङ् बेता । – कमलको फूल फुल्यो ।)
वाबुप् ना. – चिण्डो – vessel/bottle gourd (वाबुप्दो सोलोन्वा लक्ढि । – चिण्डोमा सोलोन्वा भर ।)
वामा ना. – पोथी – hen (वामा छाम् मुयाङ् । – पोथी कोर्कोरिदैछ।)
वाम्मा स.क्रि. – कन्याउनु – scratch (खक्कु ना वाम्मा चेन्मा पुस्सि । – ऊ त आफुलाई कन्याउन थाल्यो ।)
वारङ् क्रि.वि. – पछि – later (वारङ् लेन्सो/लेन्याङ्सो पुङ्मा दोत् । – पछि जान्दै लानुपर्छ ।)
वारि बिमा अ.क्रि. – दुवाली छेक्नु – convert water (वारि बिमा एन् छेमा केत् । – दुवाली छेक्नु जाँगर चल्छ ।)
वार्लो ना. – सानो मान्द्रो – made by bamboo (वार्लोदो चा हिप्मा दोत् । – सानो मान्द्रोमा अन्न छिन्किनु पर्छ ।)
वालक्मा अ.क्रि. – नुहाउनु – bath (छाचि वालक्मा मछुन् । – बच्चाहरू नुहाउन मान्दैनन् ।)
वासङ्मा ना. – उत्तीस – alnus nepalensis (वासङ्मा सङ् छाम्मा नोत् । – उत्तीसको दाउरा चिर्न कमलो हुन्छ ।)
वास्सङ् ना. – तीर – bow (बुङ्पेन्मि वास्सङ् वान् । – धामीले तीर हान्छ ।)
वासा ना. – चरा – bird (वासा आप्मा पलिनिन् । – चरा हान्नु हुँदैन।)
वासुप् ना. – रक्सि – local wine (उन्दा वासुप् दुङ्मा ओक्तो लि । – थोरै रक्सि खादा औषधि हुन्छ ।)
वाहिरङ् ना. – गाउँखाने कथा – riddle (छाचि वाहिरङ् निपङ् कचि नङ्निमा केत् । – गाउँखाने कथा भनेपछि केटाकेटी रमाउछन् ।)
वाहुत् ना. – खोला – stream (वाहुत्दो वालक्मा पलिनिन् । – खोलामा नुहाउन हुँदैन ।)
वित्मा स.क्रि. – उठाउनु/सोहोर्नु – collect (चाहुक्वा वित्मा दोत्। – धान उठाउनु पर्छ ।)
वित्मा स.क्रि. – पिङ् खेल्नु – swing (केचि झुल्ला वित्चिने । – हामी पिङ् खेलौं ।)
वेङ्मा स.क्रि. – काट्नु/ताछ्नु – cut (खान वेङ्मा दोत् कानेइ । – तरकारी काट्नु पर्छ है ।)
वेत्मा स.क्रि. – झुण्ड्याउनु – hang on (अन्हि गोङ् खदि चोङ्गे वेत्मा पकेत्नङ् । – अग्लो ठाउँमा ढुङ्ग्रो झुण्ड्याउन सक्दिनँ ।)
